पथरीमा सन्तोष कठायतले क्याम्पसका लागि मन्दिर निर्माण गरिदिने



पथरी । धार्मिक तथा सामाजिक कार्यका निम्ती कहिल्यै पछि नहट्ने सन्तोष कठायतले क्याम्पसका लागि मन्दिर निर्माण गरिदिने भएका छन । मोरङको पथरीशनिश्चरे ९ का कठायतले पथरी बहुमुखी क्याम्पसका लागि सरस्वतीको मन्दिर निमार्ण गर्ने भएका हुन । आउदो माघ १६ गते सरस्वती पुजामा उद्घाटन गर्ने उदेश्यले कार्तिक २३ गते शनिवार क्याम्पस प्राङ्गणमा एक कार्यक्रम गरि मन्दिरको शिलान्यास समपन्न भएको छ । लामो समय भारतीय सेनामा कार्यरत कठायत विना राजनैतिक निस्वार्थ समाजसेवामा लाग्दै आएका छन् ।

समाजसेवी कठायतले यस अघि वडा नं. ९ मा रहेको आदर्श सीता प्रावीलाई एक कठ्ठा १० धुर जग्गा दिनुका साथै सरस्वतीको मन्दिर निर्माण गरिदिएका छन । त्यस्तै वडा नं. १० मा करिव २१ लाखको लगतमा शिवालय मन्दिर निर्माण गरेका छन । कठायतबाट स्थानिय किर्तन मण्डलीको भवन, पथरी बहुमुखी क्याम्पस र सिंहवाहिनी मावी संचालनका लागि आर्थिक सहयोग समेत भएको छ ।
क्याम्पस परिसरमा विद्याकि देवि सरस्वतीको आकर्षक मन्दिर बनाउने बताउदै कठायतले भने –“म राजनैतिक स्वार्थका लागि समाजसेवामा आएको हैन मेरो पारिवारीक पृष्ठभुमि पनि कुनै राजनैतिक पार्टि र आस्था सग जोडिएको छैन, यो मेरो आत्माले अराएर गरेको सामाजिक कार्य हो”।

सम्बन्धित समाचार