प्रदेश १ मा आज १,२०६ कोरोना संक्रमित थपिए



विराटनगर । प्रदेश १ मा आज १ हजार २०६ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो ।

मोरङमा ४६४, सुनसरीमा ३०९, झापामा २६४, धनकुटामा ४६, इलाममा २७, ते¥हथुममा २६, उदयपुरमा २०, ताप्लेजुङमा ४, भोजपुर र पाँचथरमा २–२, खोटाङमा १ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा महिला ११४ र पुरुष १८५ सहित २९९, सुन्दरहरैचामा ३८, लेटाङमा ३७, रतुवामाईमा १९, सुनबर्षी र कानेपोखरीमा १२–१२, कटहरीमा ११, बेलबारीमा ९, उर्लाबारीमा ६, पथरीशनिश्चरेमा ४, रंगेली र जहदामा ३–३, मिक्लाजुङ, धनपालथान, केराबारी, ग्रामथान र बुढीगंगामा २–२, स्थानीय तह नखुलेका १, सुनसरीको धरानमा १०६, इटहरीमा १००, बर्जुमा ३५, इनरुवामा २८, गढीमा ९, दुहवीमा ८, देवानगञ्जमा ५, बराहक्षेत्र, भोक्राहानरसिंह ४–४, हरिनगर र कोशी गाउँपालिकामा २–२, रामधुनीमा १ र स्थानीय तह नखुलेका ५, झापाको विर्तामोडमा ७१, भद्रपुरमा ४६, दमकमा २९, कनकाईमा २५, अर्जुनधारामा २०, मेचीनगरमा १८, हल्दिबारीमा १५, बुद्धशान्तिमा १२, शिवसताक्षी र कचनकवलमा ७–७, कमल गाउँपालिका र स्थानीय तह नखुलेका ४–४, गौरीगञ्ज र गौरादहमा २–२, बा¥हदशी र झापा गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि धनकुटाको धनकुटा नगरपालिकामा २६, छथरमा १५, महालक्ष्मी, शहिदभूमी र पाख्रिवासमा १–१ र स्थानीय तह नखुलेका २, ते¥हथुमको आठराईमा २६, इलामको इलाम नगरपालिकामा २४, चुलाचुली, माईजोगमाई र फाकफोकथुम १–१, उदयपुरको कटारीमा १६, चौदण्डीगढी र त्रियुगामा १–१ र स्थानीय तह नखुलेका २, ताप्लेजुङको फुङलिङमा ३ र श्रीजंगामा १, भोजपुरको हतुवागढी र भोजपुरमा १–१, पाँचथरको हिलिहाङ र फिदिममा १–१, खोटाङको बराहपोखरीमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४६ हजार ५६९ पुगेको छ । संक्रमित भएका मध्ये ३१ हजार ३४८ संक्रमणमुक्त भएका छन् । आज २८८ जना संक्रमणमुक्त छन् । सक्रिय संक्रमितको संख्या १४ हजार ५४१ पुगेको छ । प्रदेश १ मा आज २ हजार ४५४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ५०० महिला र ७०६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार