सोलुमा पहिलो डोज ‘कोभिशिल्ड’ लगाएका नौ हजारले दोस्रो डोज पाएनन्



सोलुखुम्बु, कोभिड–१९ विरुद्धको पहिलो डोज कोभिशिल्ड खोप लगाएका जिल्लवासीले दोस्रो डोज खोप पाउन सकेका छैनन् ।

गतवर्षको माघयता कोभिशिल्ड खोप लगाएका नौ हजारले अझै दोस्रो डोज पाउन नसकेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी रामनारायण शाहले जानकारी दिनुभयो । शाहका अनुसार जिल्लामा अहिलेसम्म दुई हजार चार सयले कोभिशिल्ड र एक हजार चार सयले भेरोसेलको पूर्ण गरी तीन हजार आठ सय नागरिकले मात्रै खोपको पूर्ण डोज पाएका हुन् ।

जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा खोप लगाएका करिब चार हजार भन्दा बढीलाई पनि दोस्रो डोज खोप मगाउने तयारी गरेको छ । अब चाँडै जोनसन एण्ड जोनसन खोप र भेरोसेल गरी करिब आठ हजार डोज खोप ल्यान लागिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

५४ वर्ष माथिकालाई जोनसन एण्ड जोनसेन र ५० देखि ५४ वर्ष उमेरका लागि भेरोसेल लगाइने तयारी गरिएको सूचना अधिकारी शाहले बताउनुभयो । यसअघि छुटपुट भएका फ्रन्टलाइनर, यातायात व्यवसायी, चालक, शिक्षक लगायतलाई खोप लगाइने छ ।

सम्बन्धित समाचार