मानवीय क्रियाकलापलाई नै उत्थलपुथल पार्ने गरी कोरोनाको पटकपटकको आगमनले हैरान पारेकै छ । हाम्रा गतिविधिहरु केही सहज बनाउन प्रयासहरु पनि भइरहेकै छन् । विभिन्न उमेर समूह र फ्रन्टलाइनरहरुलाई प्राथमिकतामा राखेर केही अनुदानमा आएका, केही खरिद गरिएका र केही सहयोग स्वरुप प्राप्त भएका विभिन्न प्रकारका खोप लगाउने कार्य पनि निरन्तर चलेको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ती मार्फत असोज मसान्त भित्र १ करोड ८३ लाख ८२ हजार ८५० डोज खोप ल्याइने जनाएको छ । जसले गर्दा खोपबाट वञ्चित भएका जनता खोपको पर्खाईमा रहेका छन् ।
मुलुकभर पछिल्लो समय सक्रिमितको संख्या बढेको बढ्यै छ । विभिन्न जिल्लाहरुमा कडाइका साथ लकडाउन थप गरिएका छन् । संखुवासभा विगत तीन महिनादेखि लकडाउनमा छ । डिसीसीएमसीको साउन १२ गतेको निर्णयले १२ दिनलाई निशेधाज्ञा थप गरेको छ । तर कागजको निर्णय कार्यान्वयन नहुँदा संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो साता मात्रै संखुवासभामा २ सय ५७ जना नयाँ संक्रमित थपिएका छन् । योसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३ सय ४३ पुगेको छ । केहि दिन अघि २४ घण्टामा ५८ जनामा संक्रमण फैलिएको स्वास्थ्य कार्यालय संखवासभाले जानकारी दिएको थियो । जिल्लाभरीको औषत संख्यालाई मान्ने हो भने अहिलेको चहलपहल हेर्दा संक्रमितको संख्या कम्ती नै पाउन सकिन्छ । तर साउन ११ गते संखुवासभाकै मादी नगरपालिकामा मात्रै २५ जना संक्रमित थपिएका छन् ।
एक पालिकामा एकै दिन यसरी संक्रमितको संख्या बढ्नुले परिक्षणको दर अझ बढाउनु पर्ने छ । र संक्रमितहरुलाई आसोलेन वा होम क्वारेन्टाइनमा सुरक्षित रहन व्यवस्था गर्नुपर्ने छ । मादी नगरपालिका र धर्मदेवी नगरपालिकाले कोरोना जोखिमका कारण अत्यावयक सेवा बाहेकका अन्य सेवा समेत बन्द गरिसकेका छन् । सेवा प्रदायक संस्थाहरुले सर्वसारणलाई सेवा बञ्चित गराएर यसको संक्रमण न्युनीकरण गर्न लाग्नु मुर्खता जस्तै देखिन्छ । बजार क्षेत्र निर्वाद खोलिनु र व्यापार व्यवसाय खुल्लमखुल्ला सञ्चालन गरिनुले सेवाग्राहीलाई दुख दिनु र कोरोनालाई प्रसय दिएको मात्रै हो । हाटबजार सञ्चालन र हिँडडुल तथा भोज भेलाले संक्रमणको सीमा नाघेको छ ।
लकडाउन कडा नपारिने भए किन निर्णय गर्नु, समय थप्नु ? भन्ने यहाँका स्थानीयहरु तर्क गर्न थालेका छन् । गाउँका मानिसहरु शहर आँउछन् र भिड हुन्छ भनेर गाउँका मानिसलाई मात्र लकडाउन लागाइएको छ, उनीहरु भन्छन् । तर बजारकाले जे गरेपनि हुने भन्ने सोचाईले अहिले संक्रमण उच्च बिन्दुमा पुगेको जस्तै पनि देखिन्छ । खाँदबारीमा लाग्ने शनिबारे र बुधबारे हाट, तुम्लिङटार र चैनपुरको शुक्रबारे हाट, बाह्रबिसेको सोमबारे र पाँचखपनको बिहिबारे हाटलाई हेर्दा त्यहीँ भिडले कोरोना मरिसकेको छ ।
जुनबेला जिल्लामा संक्रमितहरु थिएनन् र संक्रमण हुने सम्भावना पनि थिएन उतिनै खेर लकडाउन घोषणा गरेर सर्वसाधरणले पाउनु दुख पाए । गाउँबाट एक मुठा निगुरो बेच्न आएकालाई घण्टौ सडकको तातो घाममा उभ्याइयो । बजारका सडकमा खाद्यान्नका गाडी, प्रहरी र अत्यावश्यक सेवाका सेवाग्राही र सेवा प्रदायक मात्रै हिड्थे । तर त्यो बेला अहिले आएको छ । हिजोको लकडाउनमा सुरक्षाकर्मीहरुको कडाई पालना गराउनु पर्ने दिन हिजो भन्दा आज आवश्यक छ । त्यसो नभए लकडाउनको समय थप्ने र सवै सेवाहरु सञ्चालनमा ल्याउने र मानिसहरुको भिडको रमिता हेर्नाले भोलि आउने समस्या हेरेर खुई गनुपर्ने अवस्था सिर्जना हुन सक्नेछ ।
प्रतिक्रिया