इङ्ग्ल्यान्डको क्रिकेट टोलीको बङ्गलादेश भ्रमण अनिश्चित


१९ श्रावण २०७८, मंगलबार


काठमाण्डौ । इङ्ग्ल्यान्डको क्रिकेट टोलीको बङ्गलादेश भ्रमण अनिश्चित भएको छ । इङ्ग्ल्यान्डले सेप्टेम्बरदेखि अक्टोबरसम्म बङ्गलादेशको भ्रमण गर्ने तालिका रहेको थियो ।

कोरोना सङ्क्रमणको जोखिमका कारण भ्रमण अनिश्चित भएको क्रिकइन्फोले जनाएको छ । तर, इङ्ग्ल्यान्ड र बङ्गलादेशले औपचारिक रुपमा श्रृङ्खला स्थगितबारे बताएका छैनन् । इङ्ग्ल्यान्ड र बङ्गलादेशबीच एक दिवसीय र टी–ट्वान्टी श्रृङ्खला खेल्ने तालिका रहेको थियो ।

यसअघि सेप्टेम्बरदेखि अक्टोबरसम्म दुई देशबीच तीन खेलको एक दिवसीय र टी–ट्वान्टी श्रृङ्खला हुने तय भएको थियो ।

सम्बन्धित समाचार