गृहमन्त्री बालकृष्ण खाणले कोभिड–१९ नियन्त्रणका लागि प्रदेश २ मा पर्याप्त मात्रामा खोप उपलब्ध भए पनि प्रयोग नभएको भन्दै प्रदेश २ का जनतालाई खोप लगाउनका लागि प्रदेश सरकारले उत्प्रेरित गर्न मुख्यमन्त्री लालबाबु राउतसँग आग्रह गरेका छन् ।
मंगलबार साँझ गृह मन्त्रालयमा भएको दुई पक्षीय भेटवार्तामा गृहमन्त्री खाण र मुख्यमन्त्री राउतबीच कोभिड नियन्त्रणका लागि संघीय सरकार र प्रदेश सरकार सहकार्य गरेर अगाडि बढ्नेबारे छलफल भएको छ ।
गृहमन्त्री खाणले भेटमा संघीय सरकार र प्रदेश सरकारको सम्बन्धलाई मजबुद गरी देश र जनताको पक्षमा काम गर्ने बताएका छन् ।
प्रतिक्रिया