यूईएफए सुपर कपको उपाधि चेल्सीलाई


२८ श्रावण २०७८, बिहिबार


काठमाण्डौ । चेल्सीले यूईएफए सुपर कपको उपाधि जितेको छ । बिहान भएको खेलमा भिल्लारियललाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले हराउँदै चेल्सीले उपाधि जितेको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका किपा अरिजाब्लागाले कप्तान राउल अल्बिओलको प्रहार रोकेपछि विन्डसर पार्कमा चेल्सी च्याम्पियन बनेको हो ।

यूईएफए सुपर कप आयरल्यान्डमा भएको हो । कोभिड(१९ को महामारी पछि पहिलो पटक १३ हजार दर्शकको उपस्थितिमा प्रतियोगिता भएको हो ।

सम्बन्धित समाचार