युनाइटेडले लिड्सलाई ५–१ गोलले हरायो, ब्रुनोको ह्याट्रिक


३१ श्रावण २०७८, आइतबार


काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले शानदार जित निकालेको छ।

नयाँ सिजनको आफ्नो पहिलो खेलमा युनाइटेडले लिड्स युनाइटेडलाई ५–१ गोलको फराकिलो अन्तरले हराएको हो ।

म्यानचेस्टरका लागि ब्रुनो फर्नान्डेजले ह्याट्रिक गरे । उनले ३०, ५४ र ६० मिनेटमा गोल गरे । यस्तै ग्रिनउड र फ्रेडले १र१ गोल गरे । लिड्सका लागि लुक अइलिङले एक गोल फर्काए । जितसँगै युनाइटेडले तीन अङ्क जोडेको छ।

सम्बन्धित समाचार