काठमाडौं । नेकपा एमालेले पार्टीको ह्वीप उल्लंघन गरेका माधव नेपालसहितका १४ जना सांसदको नाम समावेश गरेर ल्याइएको सनाखत नबुझ्न निर्वाचन आयोगलाई दबाव दिएको छ ।
पार्टीले कारबाही गरेका सांसदको नाम समावेश गरेर ल्याइएको सनाखतले लोकतन्त्रलाई कमजोर बनाउने भन्दै उनीहरुले उक्त सनाखत नबुझ्न आयोगलाई दबाव दिएका हुन् ।
मंगलबार नेकपा एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेलसहितका नेताहरु निर्वाचनमा आयोग पुगेका थिए । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा खरेलले सनाखतको प्रक्रियामा नेकपा एमालेलाई समावेश गर्न जरुरी रहेको बताए । नेकपा एमाले दल फुटाउनको निम्ति अध्यादेश ल्याएको भन्दै विभाग प्रमुख खरेलले मूल दल ९एमाले० लाई रोहबरमा राखेर काम गर्न आग्रह गरे ।
आयोग पदाधिकारीलाई भेटेपछि खरेलले भने, ‘हामीले निर्वाचन आयोगलाई भनेका छौँ, १४ जना ह्वीप उल्लंघन गर्ने व्यक्तिहरु र पार्टीको निर्देशन लागू गरेर ह्वीप उल्लंघन गरेका छन्, तिनीहरुलाई कारबाही गरिएको छ, तिनीहरुलाई कारबाही गरिनुपर्छ भनेका छौँ, र तिनीहरुको नामलाई पनि समावेश नगरियोस्, तिनीहरुलाई नाम समावेश गरेर उनीहरुलाई सनाखत गराउने प्रक्रियामा समावेश नगराइयोस् ।’
प्रतिक्रिया