कम्युनिस्ट भनाउँदाहरू पद भनेपछि नालिमा मुख गाड्न पनि तयारः सुदन किराँती



काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रभावशाली युवा नेता एवम सांसद सुदन किरातीले कम्युनिस्ट भनाउँदाहरू पद भने पछि नालिमा मुख गाड्न पनि तयार भएको टिप्पणी सामाजिक सञ्जालमा गरेका छन् । तर उनले यो कुन सन्दर्भमा लेखेका हुन स्पष्ट पारेका छैनन् ।

किराँतीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन“थुइक्क हामी कम्युनिस्ट भनाउँदाहरु पद भने पछि नालिमा मुख गाड्न पनि तयार । नोट स् खाएको मात्र भएत हुन्थ्यो नि घिचेर मरेछ ”

देउवा सरकारले चाडै मन्त्रीमण्डल बिस्तार गर्ने तयारी थालेको छ, मन्त्रालय भागबन्डा गर्दा नेकपा माओवादी केन्द्रलाई ६ वटा मन्त्रालय परेका छ । त्ससमा सुदन किराँती पनि मन्त्री बन्ने चर्चा चल्दै आएको छ । दुई पटक सम्म प्रतिनिधि सभाको चुनावमा जित्ता पनि मन्त्री नबन्ने किराँती एक्लो सांसद हुन ।

भोजपुर जिल्लाबाट निर्वाचित संसद् किराती विकास र समृद्धिले भरिपूर्ण नेपाल, संसारकै शान्त र सुन्दर नेपालको सपना देख्ने र नेपाली जनशक्ति वैदेशिक रोजगारीमा जान नपरोस् भन्ने बिचार प्रस्तुत गर्ने युवा नेताको रूपमा आफूलाई स्थापित गरेका नेता हुन ।

 

 

सम्बन्धित समाचार