एमाले छाड्ने संखुवासभाका २ सांसद सहित प्रदेश १ का १० सांसद भोलि निर्वाचन आयोग जाने


१५ भाद्र २०७८, मंगलबार


विराटनगर । प्रदेश–१ का १० सांसदले नेकपा (एमाले) छाड्ने भएका छन् । विराटनगरको एक होटेलमा चार दिनसम्म छलफल गरी एमाले त्यागेर माधवकुमार नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा जाने सामुहिक निर्णय गरेका हुन् ।

एमाले त्यागेर एकीकृत समाजवादीमा जाने १० जना सांसदहरुमा राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्री रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा रहेका छन् ।

उनीहरूले चार दिनसम्म विराटनगरको बिग होटेलमा छलफल गरेका थिए । प्रदेश सांसदहरू राजेन्द्र, गणेश र कृष्णकुमारी एमाले केन्द्रीय सदस्य नै हुन् ।

होटेलमा बस्दा एकीकृृत समाजवादीमाथि सांसदलाई होटलमा राखेर बन्दक बनाएको अरोप लागेको थियो । समाजवादीमा लागेका १० सासदहरुले सोमबार साँझदेखि बिग होटल छाडेका छन्् । उनी गत शुक्रबारबाट उक्त होटेलमा बस्दै आएका थिए ।

समाजवादीका नेता राजेन्द्रकुमार राईका अनुसार उनीहरुले होटल छाडेसँगै विराटनगरनै छाडेका छन् । आफू इटहरीमा रहेको र केही अन्य केही सांसदहरु धरानतिर गएको नेता राईले बताउनुभयो ।

आफूहरूले समाजवादी दल रोजेको पत्र भोलि (बुधबार) निर्वाचन आयोगलाई दिने तयारी गरेका नेता राईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘भोलि प्रदेश निर्वाचन आयोगमा मात्रै सबैको भेट हुने हुन्छ । होटलमा बस्दा विभिन्न कुरा सुनेपछि हामीले होटल छाडेका हौँ ।’

मगलबार नै प्रदेश निर्वाचन कार्यालयमा गएर हस्ताक्षर गर्ने रणनीतिअनुसार उनीहरु होटलमा बसेका थिए । प्रदेश सरकारले मंगलबार झापा, मोरङ र सुनसरीमा रथ तान्न सार्वजनिक विदा दिएपछि उनीहरु बुधबार मात्रै आयोगमा जाने भएका हुन् ।

 

सम्बन्धित समाचार