१२ सय बढी संक्रमित थपिए , ९ जनाको मृत्यु



काठमाडौं । देशभर पछिल्लो समय ९ हजार ८ सय ७५ जनाको कोरोना परीक्षण गर्दा १ हजार २ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार २ हजार १ सय ९५ जना कोरोना मुक्त भएका छन्। कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ।

काठमाडौंमा दुई सय ८९, भक्तपुरमा ४४ र ललितपुरमा ५३ गरी उपत्यकाभित्र कुल तीन सय ८६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार