अफगानिस्तानबाट अन्यौलपूर्ण अमेरिकी बहिर्गमनपछि उत्पन्न भद्रगोल साम्य भएको छ । अफगान सरकार केही महिना टिक्ने त्रुटिपूर्ण अनुमानबाट शुरु भएको उक्त भद्रगोल अमेरिकाले स्थानान्तरण गर्न चाहेका अधिकांश बालबालिकासहित केही अफगान नागरिक ड्रोन हमलामा मारिएपछि अन्त्य भयो ।
बारम्बार समयसीमा पूरा गर्न नसकेको र चाँडै नै परिवर्तन देखिनेछ भनेर बारम्बार दोहोर्याइरहेको अमेरिकी तथा नेटोको सैन्य अभियानका पर्यवेक्षक अचम्मित हुन आवश्यक छैन । अफगानिस्तानबारे पर्याप्त सूचना संकलन गरेको र विश्लेषक, ठेकेदार तथा विभिन्न खाले विज्ञका लागि नाफामूलक क्यारियर बनाएको भएपनि अन्तर्राष्ट्रिय सुरक्षा सहायता बल ९क्ष्क्ब्ँ० ले आफ्ना दुश्मन र आफ्नो हस्तक्षेपको प्रकृति दुबैलाई बुझ्न सकेन ।
यो लेखमा तालिबानको नेतृत्वमा रहेको नयाँ शासन प्रणालीरसत्ताबाट गर्न सकिने अपेक्षालाई नियाल्दै विगत र वर्तमानमा देखिएका मुख्य भ्रम चिर्ने प्रयास गरिएको छ ।
प्रतिक्रिया