थप १,०९५ जनामा कोरोना संक्रमण, ८ को मृत्यु



काठमाडौं । १३ हजार ८१७ नमूना परीक्षणमा १०९५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा १०,७८६ नमूनाको पीसीआर र ३०३१ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये पीसीआर विधिबाट ९७५ र एन्टिजेन विधिबाट १२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११०४८ पुगेको हो। मन्त्रालयका अनुसार सोमबार कोरोनाबाट थप २९ सय ५७ जना कोरोनामुक्त भएका छन्।

कोरोनाका सक्रिय संक्रमितको संख्या २२ हजार ३२३ पुगेको छ। मन्त्रालयका अनुसार संक्रमित ३७१ जनाको भेन्टिलेटरमा र १०८ जनाको आइसीयूमा उपचार भइरहेको छ। पछिल्लो २४ घन्टामा २२ हजार १९२ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन्।

सम्बन्धित समाचार