काभ्रे । नेपाली कांग्रेस काभ्रेको गाउँरनगर अधिवेशन अनिश्चित् भएको छ । नेपाली कांग्रेस काभ्रेलाई केन्द्रले तोकेको मितिमा गाँउ नगर अधिवेशन गराउन कठिन देखिएको हो । पुर्व सभापति एव केन्द्रीय सदस्य शिव हुमागाइ र बर्तमान सभापति मधु आचार्य बीचको लडाइँका कारण काभ्रे कांग्रेसको गाउँ रनगर अधिवेशन नहुने अवस्थामा पुगेको छ ।
गुटले गाँजिए पछि कांग्रेसको गाँउ नगर अधिवेशन तोकिएको मितिमा नहुने भएको हो । तोकिएको मितिमै असोज ५ मा वडा अधिवेशन भएको थियो । तर आज (असोज ९) का लागि तोकिएको गाउँ रनगर अधिवेशन गुटकै कारण अन्यौलमा परेको छ ।
काभ्रेमा १३ स्थानिय तह छन्। केन्द्रले तोकेको मिति अनुशार जिल्लाको गाउँ नगरका १३ तहमा आज अधिवेशन हुने तयारी थियो । तर,गएराती अवेर सम्म दुइ पक्षबीच भएको सहमतिको प्रयास विफल भएको छ । वडा तहको अधिबेशनबाट नै जोड घटाउ सुरु भएका कारण आज हुने भनिएको अधिवेशन अनिश्चित भएको एक जिल्ला सदस्यले जानकारी दिए ।
शुक्रबार राती अवेर सम्म धुलिखेलको एक होटलमा दुई पक्षबीच भएको बार्ता विफल भएसँगै दुवै पक्ष आरोपप्रत्यारोपमा उत्रिएका छन् ।
जिल्ला सभापति मधु आर्चयले केन्द्रबाट तोकिएका निर्वाचन अधिकृत राजेन्द्र लामिछाने सम्पर्कमा नआएको बताए । मतदाता नामवाली सार्वजानिक नगरेको, असोज ५ गतेको वडा अधिवेशनमा परेको उजुरी माथि छानविन नभएको र प्रतिनिधि पठाउने बिषयको टुंगो समेत नलागेका कारण अर्को सूचना नआए सम्मको लागि गाउँ नगरको अधिवेशन स्थगित भएको जिल्ला सभापति आर्चायले अन्नपुर्णलाई जानकारी दिए । केन्द्रीय सदस्य शिब प्रसाद हुमागाई पक्षका जिल्ला सचिब दिनेश लामाले तोकिएकै मितिमा आज असोज ९ गते गाउँर नगर अधिवेशन हुने अन्नपुर्णलाई जानकारी दिए । सबै प्रक्रिया पुरा गरेर १३ स्थानिय तहहरुमा निर्वाचन अधिकृत पठाईएकाले सर्वसम्मत नेतृत्व चयन हुने जिल्ला सचिब लामाले जानकारी दिए । जिल्लामा निर्वाचन नहुने कुनै सूचना जारी नगरिएको लामाले बताए ।
केन्द्रले काभ्रे जिल्लाको गाउँ नगर अधिवेशन गर्न तोकिएका निर्वाचन अधिकृत राजेन्द्र लामिछानेलाई सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
प्रतिक्रिया