पुर्व राज्यमन्त्री खड्का टिमबाट प्रदेश (क) मा देउमान राईको उमेद्वारी, जिमीद्वारा सभापतिको उमेद्वारी फिर्ता



खाँदबारी । नेपाली काङ्ग्रेस सङ्खुवासभा प्रदेश (क) मा देउमान राईले उम्मेदवारी घोषणाा गरेका छन् । खाँदबारीमा एक कार्यक्रमका विच राईले उम्मेदवारी दर्ता गरेका हुन् ।

राईले पुर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्काको टिमबाट उमेद्वारी घोषणा गरेका हुन् । मकालु गाउँपालिकाका राई पूर्व शिक्षक हुन् भने पार्टीभित्र बौद्धिक र स्पष्टवक्ताको रूपमा चिनिन्छन् । राईले युवा नेता टकमान घलेसँग प्रतिष्पर्धा गर्ने छन् । पुर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ निकट मानिने घलेले यस अघि नै प्रदेश सभा (क) का लागि सभापति (क्षेत्रीय सभापति) मा उमेद्वारी घोषणा गरिसकेका छन् ।

यसै विच, पुर्व स्वास्थ्य राज्यमन्त्री दीपक खड्काको समेत जिल्ला सभापतिमा उमेद्वारी आएको भन्दै रामकुमार जिमीले सभापतिको उमेद्वारी फिर्ता गरेका छन् । यस अघि नै सभापतिको उमेद्वारी घोषणा गरेका जिमीले आफुभन्दा पनि सक्षम नेता खड्काको उमेद्वारी आएपछि नैतिक रुपमा उमेद्वारी घोषणा फिर्ता लिएको बताएका हुन् ।

कार्यक्रममा बोल्दै पुर्व राज्यमन्त्री दीपक खड्काले पार्टी सृदृद्धिकरणका लागि सभापतिमा आफ्नो उमेद्वारी दिएको बताए । पार्टीमा संगठन विस्तार गर्दै सबैलाई अटाउने कांग्रेस बनाउनका लागि आफ्नो उमेद्वारी रहेको खड्काले जानकारी दिए । उमेद्वारी घोषणा कार्यक्रममा बोल्दै जिल्ला सभापति दीपन श्रेष्ठले आफुले दिएको सभापति पदमा सहमति जुटाएर सहयोग गर्न अनुरोध गरेका छन् । संखुवासभाको कांगे्रसको पुनः एक पटक नेतृत्व गरेर कांग्रेसमय बनाउने ईच्छा रहेकोले आफुलाई सहयोग गर्न पुर्व राज्यमन्त्री खड्काले समेत अनुरोध गरेका छन् ।

उम्मेदवारी घोषणा कार्यक्रममा नेताहरू दिपक खड्का, जिल्ला सभापति दिपनकुमार श्रेष्ठ, पूर्व साम्सद टङ्कप्रसाद राई, पूर्वसभासद पासाङ शेर्पा, महेश थपलिया, जनक थापा, समेतका नेताहरूको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार