आफ्नो पक्षमा सहमती जुटाउन श्रेष्ठले गरे आग्रह



खाँदबारी । नेपाली कांग्रेस जिल्ला सभापतिको उमेद्वारी घोषणा गरेको दीपन कुमार श्रेष्ठले आफुलाई सभापति पदको लागि सहयोग गर्न आग्रह गरेका छन् । पुर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री निकट टिमबाट उमेद्वारी घोषणा कार्यक्रममा बोल्दै श्रेष्ठले आफुलाई एक पटकको लागि सभापतिमा सहमति जुटाउन आग्रह गरेका हुन् ।

अहिले पनि सभापति पदमा बहाल रहेका श्रेष्ठले हालसम्म कांग्रेसको सृद्धृढिकरणको लागि गरेको कार्यहरु टुंगोमा पुर्याउनका लागि आफुले उमेद्वारी घोषणा गरेको श्रेष्ठले बताए । पुर्व राज्यमन्त्री खड्काले आफुले गरेको उमेद्वारीको औचित्यको बारेमा बोलीसके लगत्तै श्रेष्ठले आफ्नो कुरा राख्दै राज्यमन्त्री खड्कालाई समेत सहमतीको लागि आग्रह गरेका हुन् । सभापति पदमा रहेर पुनः एक पटक नेपाली कांग्रेस संखुवासभाको नेतृत्व गर्न आफु ईच्छुक रहेकोले आफुले उमेद्वारी दिएको श्रेष्ठले बताए ।

पुर्व राज्यमन्त्री खड्का टिमको उम्मेदवारी घोषणा कार्यक्रममा नेताहरू दिपक खड्का, जिल्ला सभापति दिपनकुमार श्रेष्ठ, पूर्व सांसद टङ्कप्रसाद राई, पूर्वसभासद पासाङ शेर्पा, महेश थपलिया, जनक थापा, समेतका नेताहरूको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार