आज यी नदीमा बाढीको जोखिम


१७ आश्विन २०७८, आइतबार


काठमाण्डौ । आज कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती लगायत प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशको चुरे र तराई भएर बहने स–साना नदीमा बाढी आउन सक्ने पूर्वानुमान गरिएको छ ।

बाढी आउने सम्भावना रहेकाले तटीय क्षेत्र तथा डुबान भएर रहने क्षेत्रहरूमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस्तै, झापामा रहेको केचना वर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टामा ठूलो पानी परेको मापन भएको छ ।

त्यस क्षेत्रमा अझै पानी पर्ने सम्भावना रहेकाले केचना, पथरिया लगायत क्षेत्रका साना खोलाहरुमा बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । आज प्रदेश १ र २ मा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

अन्य ठाउँमा भने हल्कादेखि मध्यम पानी पर्ने अनुमान छ । प्रदेश १ र २ मा अहिले पनि पानी परिरहेको छ ।

सम्बन्धित समाचार