१० लाख डोज कोभिसिल्ड खोप आज आउँदै


२३ आश्विन २०७८, शनिबार


काठमाडौं । सेरम इन्स्टिच्युट अफ इन्डियासँग सरकारले खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोप आज आउने भएको छ। नेपालर सरकारले साढे सात महिनाअघि खोप खरिद गरेको थियो।

खोप शनिबार दिउँसो साढे २ बजे काठमाडौँ आइपुग्ने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महासाखा अन्तर्गत खोप शाखा प्रमुख डा। सागर दालालले बताए। नेपालले गत ५ फागुनमा सेरसमसँग प्रतिडोज चार अमेरिकी डलरका दरले २० लाख डोज खरिद गर्ने सम्झौँता गरेको थियो।

सम्झौँताअनुसार १० लाख डोज त्यसबेला नै आएको थियो। १० लाख डोज आउन बाँकी थियो। समयमै खोप नआउँदा पहिलो डोज लगाएका ज्येष्ठ नागरिकसहित करिब १३ लाख व्यक्तिले समयमै दोस्रो डोज लगाउनबाट बन्चित भएका थिए।

यसअघि भारत सरकारले सेरमबाट उत्पादित १० लाख डोज कोभिसिल्ड खोप उपलब्ध गराएको थियो। त्यसलगत्तै भारतीय सेनाले नेपाली सेनालाई उपहार स्वरुप एक लाख डोज कोभिसिल्ड पठाएको थियो।

त्यसपछि कोभ्याक्स सुविधामार्फत आएको ३ लाख ४८ हजार र खरिद गरेको २० लाखमध्ये १० लाख गरी कुल २४ लाख ४८ हजार डोज कोभिसिल्ड खोप नेपाल आइसकेको छ।

सम्बन्धित समाचार