मेरापिक हिमालमा शेर्पा नाच छायांकन गरेर विश्व रेकर्ड राख्ने योजना



सोलुखुम्बु । शेर्पा इभेन्ट अर्गनाइजरले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका स्थित मेरा पिक (६,४७६ मि.) हिमालमा शेर्पा गीत संगीतको विश्व रेकर्ड राख्ने योजनामा अघि बढेका छन् । शेर्पा समुदायको परम्परागत स्याब्रु नृत्य तथा शेर्पा समुदायको गीतको वृत्तचित्र छायांकन गरी विश्व रेकर्ड कायम गर्न लागिएको अभियानका संयोजक नुरु शेर्पाले बताए ।

कार्यक्रमका लागि विभिन्न जिल्लाका १८ जना शेर्पा युवायुवती सहभागी भएका छन् । काठमाडौंबाट हिँडेको १५ दिनभित्र रेकर्ड राख्ने र ७ कात्तिकमा काठमाडौं फर्कने प्रयासमा उनीहरु शुक्रबार सोलुखुम्बुको महाकुलुङ प्रस्थान गरेका हुन् ।

शेर्पा समुदायको परम्परागत रीतिरिवाज, भाषा, कला, संस्कृति, पहिचान र विविध संस्कृति, मूल्यमान्यतालाई जीवन्त राख्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको अध्यक्ष नुरु शेर्पाले चियापान तथा शुभकामना कार्यक्रममा बताए । ‘शेर्पा समुदायको आफ्नै मौलिक परम्परा, भाषा, भेष, चाडपर्व अनि संस्कार रहेकोले यसलाई जीवन्त राख्न यो कार्यक्रमको आयोजना गरिएको हो उनले भने।

यो कार्यक्रमले महाकुलुङको पर्यटन विकासमा पनि टेवा पुग्ने बताए । बहुजातीय भएको महाकुलुङमा सबैको यसरी नयाँ ढंगबाट कला संस्कृति अगाडी बढाए झनै पर्यटन विकासमा टेवा पुग्ने शेर्पाले बताए ।

कोभिड– १९ ले अस्तव्यस्त बनेको पर्यटन क्षेत्रलाई उकास्नको साथै पर्यटन प्रबद्र्धनमा समेत सहयोग पुग्ने आयोजकको विश्वास छ ।

 

सम्बन्धित समाचार