डडेल्धुरा कांग्रेसको अनशन स्थगित



काठमाण्डौ । नेपाली कांग्रेस डडेल्धुराका नेतारकार्यकर्ताले डडेल्धुरामा गरिएको वडा र पालिका अधिवेशन बदर गर्न माग गर्दै केन्द्रीय कार्यालयमा गर्दै आएको अनशन स्थगित गरेका छन् ।

आज मङ्गलवार नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा अनशन स्थगित गरिएको हो । नेपाली कांग्रेस डडेल्धुरा जिल्ला सभापति कर्णबहादुर मल्ललगायतका नेतारकार्यकर्ताले हटाइएका क्रियाशील सदस्यता कायम गर्नुपर्ने, अवैधानिक ढङ्गले थपिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने, अवैधानिक वडारपालिका अधिवेशन बदर गरी अधिवेशनको नयाँ मिति तय गर्नुपर्ने माग गर्दै यही मङ्सिर १ गतेदेखि अनशन सुरु गरेका थिए ।

उपसभापति निधिले अनशनरत नेतारकार्यकर्ताको माग पार्टीको प्रदेश अधिवेशन र महाधिवेशनमा नागरिकको बीचमा राखेर जाँदा राम्रो हुने निर्देशन दिएपछि अनशन तोडिएको कांग्रेस डडेल्धुरा सभापति कर्णबहादुर मल्लले बताउनुभयो ।

उपसभापति निधिले डडेल्धुरामा उजुरी छानबिन नगरि वडारपालिकाको अधिवेशन गरिनु गम्भीर विषय रहेको भन्दै डडेल्धुरा कांग्रेसका नेतारकार्यकर्ताको माग र आग्रहप्रति आफ्नो ऐक्यबद्धता रहेको बताउनुभयो ।

सम्बन्धित समाचार