माओवादी केन्द्र : महाकुलुङको अध्यक्षमा बिरेन्द्र कुलुङ



सोलुखुम्बु । नेकपा माओवादी केन्द्र महाकुलुङ गाउँपालिकाको अध्यक्षमा बिरेन्द्र कुलुङ चयन भएका छन् । बिहिवार माओवादी केन्द्र महाकुलुङको प्रथम गाउँपालिका अधिवेशनबाट कुलुङको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी बिस्तार गरिएको छ।

उपाध्यक्षमा निरकुमार कुलुङ ,छविमाया कुलुङ र अम्बिरकाजी कुलुङ सर्वसम्मत चयन भएका छन । सचिवमा सन्जय कुलुङ ,सहसचिव सरला कुलुङ र कोषाध्यक्षमा राजाराम कुलुङ चयन भएका छन् । माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् संघीय संसद माननीय हेमकुमार राई सुरवीरले सम्मेलनको उद्धघाटन गरेको थियो । प्रमुख अतिथि समेत रहेका राईले नवनिर्वाचित कमिटीलाई बधाई दिदै जनपक्षीय काममा खट्न निर्देश दिनु भयो। साथै नवनिर्वाचित कमिटी लाई पद तथा गोपनियताको सपथ ग्रहण गराएको थियो ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार तथा जिल्ला समन्वय समिती उपाध्यक्ष धर्मराज वन, जिल्ला पार्टी अध्यक्ष गोम्बु शेर्पा कर्ज्याङ, प्रदेश नम्बर एक पार्टी सदस्य एवम् महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराती र जिल्ला पार्टी सचिव एवम् थुलुङ दुधकोसी गाउँपालिका अध्यक्ष असिम राईको विशिष्ट अतिथि रहेको थियो । त्यस्तै माओवादी केन्द्रका नेता हिमाल गिरि, संकल्प किराती, सुनिता किराती, अमृता कुलुङ, दीप किराती लगायतको उपस्थिति रहेको थियो । प्रथम गाउँपालिका अधिवेशनमा विभिन्न दल त्याग गरेर ५४ जनाले माओवादी केन्द्रमा प्रवेश गरेका छ्न्।

सम्बन्धित समाचार