संखुवासभा । नेपाल नेत्र ज्याति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र संखुवासभाले महिला स्वयम्सेविकाहरुलाई १ दिने तालिम संञ्चालन गरेको छ । उपचार केन्द्रले १ दिने तालिम संञ्चालन गरेर ३६ जना महिलाहरुलाई आँखा सम्बन्धि रोगबारे जानकारी गराएको तेजरत्न आँखा तथा कान उपचार केन्दका अध्यक्ष क्षितिज बरालले बताउनु भयो ।
तालिममा आँखाका प्रमुख रोगहरु र विशेष गरी मोतियाविन्दुको बारेमा रहेर १ दिने तालिम दिइएको बरालले बताउनु भयो । तालिम उद्योग वाणिज्य संघको सभाहलमा भएको हो । नेपाल नेत्र ज्याति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र सँखुवासभाले समय समयमा तालिम संगैं शिविर संञ्चालन गरेर आँखाका विरामीहरुको उपचार गदैं आएको छ ।
केन्द्रले मंसिर २७ र २८ गते खाँदबारीमा निशुल्क सिविर संञ्चालन गर्ने अध्यक्ष बरालले जानकारी दिनुभयो ।
प्रतिक्रिया