काठमाडौं । नेकपा एमालेले सात प्रदेश अध्यक्ष तोकेको छ। आइतबार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश अध्यक्षहरू प्रस्ताव गरेको हो।
प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने, २ को अध्यक्षमा रामअवतार यादव, बागमतीको अध्यक्षमा केशवराज पाण्डे, गण्डकीमा नवराज शर्मा, लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल, कर्णालीको विनोदकुमार शाह र सुदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी प्रस्ताव गरिएको छ।
उपत्यका विशेष अध्यक्षमा प्रेम पराजुलीलाई प्रस्ताव गरिएको छ। एमालेले ४४ जनालाई केन्द्रीय कमिटी सदस्य मनोनित गरेको छ भने ९९ सदस्सीय पोलिटब्यूरो गठन गरेको छ।
प्रतिक्रिया