विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को प्रथम अधिवेशनबाट २५९ जना प्रदेश कमिटी सदस्यको टुङ्गो लागेको छ । सोमबार बिहान २५९ सदस्यको टुङ्गो लागेको हो । सदस्यको नाम टुङ्गो लागे पनि आकांक्षी बढी भएका कारण पदाधिकारी छनोटमा विवाद छ ।
शनिबारबार सुरु प्रदेश अधिवेशन आइतबार बेलुका सक्ने कार्यसूची थियो । तर प्रदेश कमिटीमा जाने आकांक्षी धेरै भएपछि अधिवेशन लम्बिएको हो ।
सदस्यका आकांक्षी धेरै भएका कारण निर्वाचत समितिले निर्वाचनको तयारी थालेको थियो । तर केन्द्रीय सदस्यहरूको बैठकले सहमतीका आधारमा सदस्यको नाम टुङ्गो लगाएको माओवादी केन्द्रका नेता नेता इन्द्रबहादुर आङ्बोले बताए । उनका अनुसार अध्यक्ष र पदाधिकारीको टुङ्गो कार्यसमितिले टुङ्गो लगाउनेछ ।
प्रदेश अध्यक्षका लागि सुरेशकुमार राई हिमाल, इन्द्रबहादुर आङ्बो, हेमराज भण्डारी र सुदन किरातीको नाम चर्चामा थियो ।
पछिल्लो समय मुख्य दाबेदारको रुपमा आङ्बो र राई छन् । अध्यक्षसहित पदाधिकारीको टुङ्गो लगाउन नेताहरू छलफलमा छन् । सहमतिका लागि भन्दै माओवादी केन्द्रका नेताहरूछलफलमा जुटेका छन् ।
प्रतिक्रिया