काठमाडौं । नेपालमा ओमिक्रोन भेरिएन्ट देखिएका २ जना विदेशी संक्रमणमुक्त भएका छन्।
पछिल्लो पटक परीक्षण गर्दा उनीहरू संक्रमणमुक्त भएका हुन्।
दुई पटकसम्म परीक्षण गर्दा पनि उनीहरूमा कोरोना नेगेटिभ देखिएपछि उनीहरूलाई स्वदेश फर्कन अनुमतिसमेत दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडलले बताए।
‘पछिल्लो पटक दुईपल्टसम्म परीक्षण गर्दा पनि उहाँहरूलाई कोरोना नेगेटिभ देखिएको छ, उहाँहरूमा खासै लक्षण थिएन,’ उनले भने।
६६ र ७१ वर्षीय ती दुई विदेशीको परीक्षण रिपोर्ट नेगेटिभ आएको हो।
‘उनीहरू होटलको क्वारेन्टिनमा थिए, स्वास्थ्य अवस्था सामान्य थियो। उनीहरूबाट लिइएको नमूनाको जिन सिक्वेन्सिङ गर्दा ओमिक्रोन भेरिएन्ट देखिएको थियो।
प्रतिक्रिया