सदनमा प्रस्तुत हुने रणनीति तय गर्न एमालेले बोलायो संसदीय दलको बैठक


२८ मंसिर २०७८, मंगलबार


काठमाडौं । सदनमा प्रस्तुत हुने रणनीति तय गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

एमाले सचेतक शान्ता चौधरीका अनुसार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा केहीबेरमा बैठक बस्नेछ । उनका अनुसार बैठकमा संसदमा प्रस्तुत हुने राणनीतिका सम्बन्धमा छलफल हुनेछ ।

एमालेले अघिल्लो अधिवेशनको पूरै अवधि संसदको कामकारबाहीमा भाग लिएको थिएन । पार्टीले माधव नेपाल सहित १४ जना सांसदलाई गरेको कारबाहीको सूचना सभामुखले टास्नुपर्ने उसको माग छ ।

अहिले पनि यो माग पूरा नभएको बताउँछिन् सचेतक चौधरी । माग पूरा नभएका कारण कसरी अगाडि बढ्ने भन्ने विषयमा संसदीय दलको बैठकमा छलफल हुने उनले बताइन् ।

 

सम्बन्धित समाचार