काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से ६ प्रतिशतले बढेपछि आज मङ्गलवारका लागि कारोबार बन्द भएको छ ।
यसअघि बजार खुलेको दुई घण्टा नबित्दै ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि कारोबार रोकिएको थियो । त्यसपछि फेरि खुलेको बजार ६ प्रतिशतले बढेपछि आजका लागि कारोबार नै बन्द भएको हो ।
केही दिनयता घटेको शेयर बजार आज बढेको हो । आज १ सय ३७ अङ्कले बढेर नेप्से परिसूचक दुई हजार चार सय १८ विन्दुमा पुगेको छ ।
प्रतिक्रिया