काठमाडौं । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार साढे १२ अंकले उकालो लागेको छ।
अघिल्लो दिन ९३ अंकले बढेको नेप्से आज १२.५३ अंकले उकालो लागेर नेप्से परिसूचक दुई हजार पाँच सय २०.२३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.१० प्रतिशतले बढेर चार सय ७७।३६ को विन्दुमा पुगेको छ।
आज दुई सय २९ वटा कम्पनीको ५९ हजार आठ पटकका कारोबारमा ८३ लाख २३ हजार नौ सय २३ कित्ता सेयर चार अर्ब ४९ करोड दुई लाख ६६ हजार चार सय १० रुपैयाँमा कारोबार भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ। निर्जीवन बीमा समूह सर्वाधिक ३।५६ प्रतिशतले उकालो लागेको छ।
जीवन बीमा समूह १.५४ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.२३ प्रतिशत, व्यापार समूहमा ०.२ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.६५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.०२ प्रतिशत, अन्य समूहमा ०.८९ प्रतिशत, लघुवित्त समूहमा ०.९८ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०६ प्रतिशत र लगानी समूहमा ०.०८ प्रतिशतको बढोत्तरी भएको छ।
आज वित्त समूह सर्वाधिक १.९५ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह १.११ प्रतिशतले घट्दा जलविद्युत समूहमा ०.६७ प्रतिशतको गिरावट आएको छ।
प्रतिक्रिया