अक्षय र टाइगर पहिलोपटक एउटै पर्दामा देखिँदै



बलिउड अभिनेता अक्षय कुमार र टाइगर श्रफ एउटै पर्दामा देखिने भएका छन्। अलि अब्बास जाफरको निर्देशनमा बन्ने एक्सन फिल्ममा अक्षय र टाइगर सँगै देखिने भएका हुन्।

भारतीय सञ्चार माध्यमका अनुसार जाफर लामो समयदेखि दुई अभिनेतालाई लिएर एउटा एक्सन फिल्म बनाउने तयारीमा थिए। फिल्मका लागि पटकथा पाएसँगै फिल्मको तयारी सुरु भएको हो। यद्यपि, फिल्मको नाम र अन्य कलाकार भने पक्का भइसकेका छैनन्।

यो फिल्म अक्षय र टाइगर एउटै पर्दामा देखिएको पहिलो फिल्म हुनेछ। यसअघि सन् २०१९ मा टाइगर र ऋतिक रोशनको मुख्य भूमिका रहेको एक्सन फिल्म वारु प्रदर्शनमा आएको थियो। दर्शकले निकै मन पराएको वारु त्यो वर्षको सबैभन्दा धेरै कमाउने बलिउड फिल्म पनि बनेको थियो।

एक्सनका लागि चिनिने दुई अभिनेता अक्षय र टाइगर एकसाथ पर्दामा देखिनु दुवै अभिनेताका फ्यानको लागि खुसीको कुरा हो। पूजा फिल्मसको ब्यानरमा बन्ने फिल्म २०२३ मा प्रदर्शन गर्ने लक्ष्य निर्माण टोलीको रहेको छ।

सन् २०११ मा ुमेरे ब्रदर कि दुल्हनुबाट फिल्म निर्देशनमा डेब्यु गरेका जाफरले ुगुण्डेु, ुसुल्तानु, ुटाइगर जिन्दा हेु, ुभारतु जस्ता फिल्मको लेखन तथा निर्देशन गरिसकेका छन्। त्यस्तै, उनकै लेखन तथा निर्देशन रहेको सिरिज ुताण्डवु अमेजन प्राइम भिडियोजमा हेर्न पाइन्छ।

सम्बन्धित समाचार