माओवादीको बन्दसत्रमा अध्यक्ष प्रचण्डले जवाफ दिन सुरु



काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशन अन्तर्गत बन्दसत्रको पाँचौ दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिन सुरु गरेका छन्।

प्रज्ञा भवन कमलादीमा जारी बन्दसत्रमा राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलका क्रममा उठेका प्रश्नको अध्यक्ष प्रचण्डले जवाफ दिने क्रम जारी रहेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जानकारी दिएको छ।

अध्यक्षको जवाफ पश्चात राजनीतिक प्रतिवेदन पारित गराउने तयारी छ । त्यस्तै स्थायी कमिटी सदस्य देव गुरुङले प्रस्तुत गरेको विधान मस्यौदा पनि आजै पारित हुने बताइएको छ । त्यसपछि निर्वाचनको प्रक्रिया सुरु हुनेछ ।

यसअघि निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठ र केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राईले अनुशासन आयोगको प्रतिवेदन पेश गरेका थिए । आजको बन्दसत्र सुरु हुनु अघि पार्टीको स्थायी समितिको बैठक बसेको थियो ।

सम्बन्धित समाचार