प्रदेश १ मा राष्ट्रियसभा सदस्यका लागि एमालेका ३ जनाले दिए उम्‍मेदवारी



काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश १ मा नेकपा एमालेका तीन उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

खुलातर्फ गुरु बराल, महिलातर्फ सुमित्रा भण्डारी र अल्पसंख्यक वा अपांग कोटामा सोनाम ग्याल्जेन शेर्पाले उम्मेदवारी दर्ता गराएका हुन् ।

राष्ट्रियसभा सदस्यका लागि प्रदेश १ बाट खुला, महिला, र अल्पसंख्यक समुदाय गरी तीन रिक्त पदका लागि माघ १२ गते निर्वाचन हुँदैछ ।

 

सम्बन्धित समाचार