काठमाण्डौ । लगातार चार दिन बढेको शेयर बजार परिसूचक नेप्से आज घटेको छ । नेप्से आज ३० दशमलव ७५ अङ्कले घटेर दुई हजार ६ सय ४९ दशमलव २० विन्दुमा झरेको छ ।
आज हाइड्रोपावर र फाइनान्सबाहेक अरू सबै समूहको शेयर घटेकोमा निर्जीवन बीमा समूह, माइक्रोफाइनान्स, विकास बैंक, होटल र जीवन बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ ।
आज दुई सय ३६ कम्पनीका ९५ लाख ५९ हजार कित्ता शेयर चार अर्ब ६२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।
आज विजय लघुवित्त, फर्स्ट माइक्रोफाइनान्स विकास बैंक, किसान लघुवित्त र सिभिल लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै चार प्रतिशतभन्दा धेरैले घटेको छ । आज मध्यभोटेकोसीको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।
प्रतिक्रिया