काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यसमितिको बैठक यही फागुन २५ र २६ गते काठमाण्डौमा बस्ने भएको छ ।
बैठकमा आउँदो चुनावमा पार्टीलाई सफल बनाउन नीतिगत रूपमा छलफल, समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तार, पार्टी तथा जनवर्गीय सङ्गठनलाई सक्रिय बनाउने लगायतका विषयमा छलफल गरिने नेतृ दिलु पन्तले जानकारी दिनुभयो ।
बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टीको सङ्गठनात्मक अवस्था, एमसीसी पारित गर्नुपर्नाका कारण, पछिल्ला घटनाक्रम र विवरण समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्नुहुने छ ।
बैठकमा आउँदो चुनावसम्म गठबन्धनलाई कसरी निरन्तरता दिन सकिन्छ भन्नेबारे पनि छलफल हुने जनाइएको छ । त्यो बैठकमा छलफल गरिने केही महत्त्वपूर्ण विषयमा हिजो सोमवार बसेको पोलिटब्युरो बैठकले टुङ्गो लगाएको थियो ।
प्रतिक्रिया