संखुवासभामा विभिन्न दल र स्वतन्त्र सहित ४४ जनाले लिए उम्मेदवारी फिर्ता



आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दर्ता गराएका मध्ये ४४ जनाले आफ्नो उम्मेद्धवारी फिर्ता लिएका छन् । शुक्रबार ५ बजेसम्ममा विभिन्न दल र स्वतन्त्र सहित ४४ जनाले उम्मेद्धवारी फिर्ता लिएको निर्वाचन कार्यालय संखुवासभाले जनाएको छ । वैशाख १२ गते १० स्थानीय तहका लागि विभिन्न दलबाट ४ सय पदका लागि १ हजार ११ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

मकालु गाउँपालिका वडा नं. ३ का वडाध्यक्षका उम्मेदवार लोक बहादुर राईले उम्मेदवारी फिर्ता लिएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी मनोनयन गरेका थिए । उनी मकालु गाउँपालिकाबाट उम्मेदवारी फिर्ता लिने एक मात्र व्यक्ति हुन् ।

यता शिलिचोङ गाउँपालिकाबाट उम्मेदवारी फिर्ताको लागि कसैको पनि निवेदन नपरेको निर्वाचन कार्यालयले जनाएको छ । भोटखोला गाउँपालिकाबाट उपाध्यक्ष पदका पासाङ भुदर लामा र वडा नं. २ का अध्यक्ष पदका पिम्बा भोटे रहेका छन् । उनीहरु जनता समाजवादी पार्टीका रहेका छन् ।

त्यस्तै खाँदबारी नगरपालिकाबाट प्रमुख पदका २ जना सहित ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेमा जनता समाजवादी पार्टीका प्रमुख पदका सिताराम तिम्सिना र स्वतन्त्र रहेका प्रविण कार्की रहेका छन् । वडा नं. ७ का वडाध्यक्ष पदका सहरमान श्रेष्ठ र सोही वडाका दलित महिला सदस्य टिका नेपाली रहेका छन् । उनीहरु दुवै जनाले जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका थिए ।

चिचिला गाउँपालिकामा वडाध्यक्ष सहित ३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । वडा नं. ५ का वडाध्यक्ष पदका उम्मेदवार जुद्ध बहादुर राई र दलित महिला वडा सदस्य सिता नेपाली रहेका छन् । उनीहरुले नेपाल कम्युनिष्ट पार्टी एमालेबाट उम्मेद्धारी दिएका थिए । वडा नं. ५ कै माओवादी केन्द्रबाट सदस्य पदका इन्द्रजित राईले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

यस्तै चैनपुर नगरपालिकामा वडाध्यक्षसहित ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । वडा नं. ११ का वडाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार प्रेम बहादुर राउत, नेकपा एकिकृत समाजवादीबाट वडा नं. २ का सदस्य ओम प्रसाद भटराई, कांग्रेसबाट वडा नं. ३ का महिला सदस्य टंक माया गुरुङ र माओवादी केन्द्रबाट वडा नं. ६ का सदस्य चन्द्र नारायण श्रेष्ठ रहेका छन् ।

यस्तै धर्मदेवी नगरपालिकाका वडाध्यक्ष सहित ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । वडा नं. ७ का अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार भोलामान श्रेष्ठ, वडा नं. १ का महिला सदस्य धन कुमारी कटुवाल, वडा नं. २ का सदस्य दिपक खुलाल, वडा नं. ३ का सदस्य प्रदिप कुमार खुलाल र वडा न.. ६ का सदस्य राम बहादुर कार्की रहेका छन् । उनीहरु नेपाल कम्युष्टि पार्टी (एकिकृत समाजवादी)बाट उम्मेदवारी दिएका थिए ।

यस्तै पाँचखपन नगरपालिकामा प्रमुख पद सहित १४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । स्वतन्त्र प्रमुख पदका लागि उम्मेदवारी दिएका राजेश खड्का, स्वतन्त्रबाटै उपप्रमुख पदका लागि उम्मेदवारी दिएका सिता कुमारी श्रेष्ठ, स्वतन्त्रबाटै वडा नं. १ का वडाध्यक्ष पदका टंक बहादुर बुढाथोकी, स्वतन्त्रबाटै वडा नं. ७ का वडाध्यक्ष पदका भक्त बहादुर खड्का, स्वतन्त्रबाटै वडा नं. ७ का सदस्य पदका लेख बहादुर वस्नेत, स्वतन्त्रबाटै वडा नं. ९ बाट सदस्य पदका सुक्रम राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट वडा नं. ३ का सदस्य पदका जितहाङ्ग राई रहेका छन् । यस्तै वडा नं. ३ का अध्यक्ष पदका चिरनकाजी राई, सदस्य जीवन श्रेष्ठ, सदस्य मान बहादुर तिवारी, महिला सदस्य सुस्मिता राई, वडा नं. ९ का सदस्य पदका रमेशमान लिम्बु, महिला सदस्य चन्द्र कुमारी गुरुङ्ग र दलित महिला सदस्य फुल कुमारी वि.क. रहेका छन् । उनीहरु जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका थिए ।

मादी नगरपालिकाबाट उपप्रमुख पद सहित ७ जनाले फिर्ता लिएका छन् । राप्रपाबाट उपप्रमुख पदमा उम्मेदवारी दिएका गंगा पोख्रेल, राप्रपाबाटै वडा नं. ४ का अध्यक्ष पदका राम कुमार कार्की, राप्रपाबाटै वडा नं. ५ का अध्यक्ष पदका मुकेशराज दाहाल रहेका छन् । मंगोल नेशनल अर्गनाइजेशनका वडा नं. ३ का अध्यक्ष पदका तेज बहादुर श्रेष्ठ, जसपाका सदस्य पदका कुल बहादुर जिमी, नेपाली कांग्रेसबाट वडा नं. ४ का सदस्य पदका प्रेमदोर्ची शेर्पा, कांग्रेसबाटै वडा न.. ६ का सदस्य पदका सेर बहादुर कार्की रहेका छन् ।

यस्तै सभापोखरी गाउँपालिकाबाट अध्यक्ष पदसहित ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । माओवादी केन्द्रबाट अध्यक्ष पदका भेषराज चिमरिया, केन्द्रकै वडा नं. १ का सदस्य छत्रमणी अधिकारी, केन्द्रकै वडा नं. ४ का सदस्य वृज बहादुर तामाङ्ग र नेकपा एकिकृत समाजवादीबाट वडा नं. ३ का सदस्य पदका लछुमान लिम्बुले उम्मेदवारी फिर्ता लिएको जनाइएको छ ।

माओवादी केन्द्रबाट ५ जना, जनता समाजवादी पार्टीबाट १३ जना, नेपाली कांग्रेसबाट ३ जना, नेकपा एमालेबाट २ जना, नेश्नल मंगोल अर्गनाइजेशनबाट १ जना, राप्रपाबाट ४ जना, नेकपा एकिकृत समाजवादीबाट ६ जना, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट १ जना र स्वतन्त्रबाट ९ जना रहेका छन् ।

नगरपालिकाको प्रमुख पदमा ३ जना, उपप्रमुख पदमा २ जना, गाउँपालिका अध्यक्ष पदमा १ जना र वडाध्यक्ष पदमा १२ जनाले उम्मेदवारी फिर्ता गरेका हुन् ।

सम्बन्धित समाचार