धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिएपछि नेपाली कांग्रेसका नृपबहादुर वडले भनेका थिए, ‘स्वतन्त्र उम्मेदवारको न जरा, न त टुप्पो । अगाडि–पछाडि र दाया–बायाँ कतै छैन । त्यसैले मेरो प्रतिस्पर्धा स्वतन्त्र उम्मेदवारसँग छैन, हुुदैन ।’
अघिल्लो पटक मेयर बन्दा पाएको १४ हजार बढी मत, १० हजारभन्दा बढी ल्याएको माओवादी केन्द्रसहित सत्तारुढ दलहरुको गठबन्धनका कारण वडले स्वतन्त्र उम्मेदवार गोपाल ९गोपी हमाल० लाई प्रतिस्पर्धी नै नमानेको हुनसक्छ । तर तीनै हमाल, वडलाई हराएर धनगढीको मेयर बन्ने सम्भावनाको नजिक पुगेका छन् ।
९३ हजारभन्दा बढी मतदाता रहेको धनगढी उपमहानगरमा ३० वैशाखमा भएको निर्वाचनमा ६३ हजार ७१५ मत खसेको थियो । ४४ हजार १०४ मतको गणना सकिँदासम्म मेयरमा स्वतन्त्र उम्मेदवार हमालले दोस्रो स्थानमा रहेका वडले भन्दा दोब्बर मत ल्याएका छन् ।
हमालले २० हजार ६ मतसहित अग्रता लिँदा वड ९ हजार ९२९ र एमालेका रणबहादुर चन्द ४ हजार ९१४ मतसहित पछ्याइरहेका छन् । अब १९ हजार मत गणना गर्न बाँकी छ, तर स्वतन्त्र उम्मेदवार हमालले १० हजार ७७ मत अन्तर बनाइसकेका छन् ।
प्रतिक्रिया