डिबि कुलुङको गीत ‘विदेश विदेश भनेर’ सार्वजनिक (भिडियो सहित)



खाँदबारी । परदेशी संगीतकर्मी डिबि कुलुङको ‘विदेश विदेश भनेर’ बोलको गीत सार्वजनिक गरिएको छ । हाल कतारमा कार्यरत गीतकार कुलुङको शब्द र संगीत रचना रिमालको स्वरमा गीत सार्वजनिक गरिएको हो ।

जस्केलो क्रियसनले तयार गरेको भिडियो सहितको गीत किङ स्टुडियोको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतको संगीत संयोजन मनोज साङसोनले गरेका हुन् । गीतलाई मनोज कुलुङले निर्माण गरेका हुन् । गीत परदेशिनु भन्दा आफ्नै गाउँघरमा रमाउनु पर्ने कथाबस्तुमा तयार गरिएको छ ।

गीतकार कुलुङले यस अघि सार्वजनिक गरेको एलिना चौहानको स्वरमा रहेको गीत ए साईलालाई पनि दर्शक श्रोताले रुचाएका थिए । यस पटकको गीत समेत राम्रो बनेको कुलुङको प्रतिकृया छ । यस पटकको गीत पनि आम दर्शक श्रोताले रुचाईदिने अपेक्षा रहेको कुलुङले बताए ।

सम्बन्धित समाचार