बर्षाका कारण अरुण भ्याली गोल्डकप स्थगित



खाँदबारी । कातिक १ बाट सुरु हुने भनिएको अन्तर्राष्ट्रिय आमन्त्रण अरुण भ्याली गोल्डकप फुटबल प्रतियोगिता स्थगित भएको छ ।

निरन्तर बर्षाका कारण आयोजक एड्भान्स क्लव मानेभञ्ज्याङले प्रतियोगिता स्थगन गरेको हो ।

प्रतियोगिता आगामी मंसिर १३ देखि १७ सम्म संचालन हुने आयोजक एड्भान्स क्लवका अध्यक्ष ईश्वर घिमिरेले जानकारी दिए । लगातार बर्षाको कारण खेलमैदान हिलाम्य भएपछि प्रतियोगिता स्थगन गरिएको अध्यक्ष घिमिरेले मकालु अनलाईनलाई जानकारी दिएका छन् ।

प्रतियोगितामा दुई विदेशी सहित ८ टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले ३ र उपविजेताले २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

सम्बन्धित समाचार