संखुवासभा तुलिङ्टारमा रुखबाट लडेर एक जनाको मृत्यु



संखुवासभा ।  संखुवासभाकाे तुलिङ्टारमा रुखबाट लडेर एक जनाको मृत्यु भएकाे छ । संखुवासभाको खाँदबारी-९ तुलिङ्टार बस्ने ४० बर्षिय कान्छा लिम्बुको रुखबाट लडेर मृत्यु भएको हाे । अाज शनिबार बिहान  घरबाट घाँस काट्न गएका लिम्बुकाे  दिउँसो पौने २ बजेको समयमा खाँदबारी ९ स्थित संखेपिपलमा सालको रुख मुनि घोप्टो परी मृत्यु भएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शबलाइ पाेस्मार्टमका लागी अस्पताल लगिएकाे र धटनाकाे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएकाे छ ।

सम्बन्धित समाचार