सल्यकृयापछि मकालुका ४७ जनाले देख्न थाले आँखा



मकालु । शिविरमा सहभागि मकालु ३ का ६३ बर्षिय कबे दर्जि र ५८ बर्षिय उनकि श्रीमति निरमाया दर्जि आँखामा समस्या भएपछि मोतिय विन्दु पहिचानका लागि वडामा आएको आँखा शिविरमा गए । शिविरमा दुबै जनामा मोतियाविन्दु पहिचान भएको र मोतियाबिन्दुको शल्यक्रिय शिविरमा आएको दर्जिले बताए ।

बर्षातको समय भएकाले मोटरबाटो आवतजावत बन्द भइकोले ४ घण्टा लगाएर हिडेर भएपनि बेलुकि ५ बजे तिर हतारिएर आइपुगेको दुवै जनालाई तत्कालै सल्यक्रियामा पठाइयो । भोलि पल्ट बिहान आँखा खुलेपछि प्रष्टसँग देखिएको दर्जिले बताए । आँखाको राम्रो उपचार भएपछि खुसि हुदै घर फर्किए ।

नुम प्राथमिक स्वास्थ्य केन्द्रमा भएको आँखा शिविरमा ४७ जनाको शल्यक्रिय गरिएको छ । भाद्र १९ र २० गते मकालु गाउँपालिकाको कार्यालय, तेजरत्न आँखा तथा कान उपचार केन्द्र र मकालु आँखा उपचार केन्द्र संखुवासभाको संयुक्त आयोजनामा सञ्चालित मोतियाविन्दुको शल्यक्रिया शिविर सम्पन्न भएको हो । तेजरत्न आँखा तथा कान उपचार केन्द्रले मकालु गाउँपालिकाको ६ वटै वडामा मोतियाविन्दु पहिचान शिविरबाट ८७३ जना छनौटमा सहभागि मध्ये ८३ जनाको मोतियाविन्दुको पहिचान भएको थियो । शिविरमा पहिचान भएका व्यक्तिहरु मध्ये ४७ जनाको शल्यक्रिया सफल रुपमा सम्पन्न भएको नेत्र तथा जल विन्दु विशेषज्ञ डा.रञ्जित कुमार शाहले बताए ।

यस अघि पनि यसै संस्थाबाट मकालु गाउँपालिका वडा नं ५ नुम बजारमा पहिलो पटक शिविर सञ्चालन हुँदा २६ जनाको सल्यक्रिया भएको थियो र दोस्रो पटक मकालु ३ मा ४२ जनाको सल्यक्रिया भएको थियो । हाल सम्म १ सय १५ जनाको सल्यक्रिया भइसकेको तेजरत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारीका अम्मर विष्टले बताउनु भयो । मकालु गाउँपालिकाबाट यस शिविरमा संलग्न नभएका र आँखा सम्बन्धि सम्पूर्ण सम्मस्या भएका व्यक्तिहरु खाँदबारीमा आयोजित शिविरहरुमा सहभागि भई सेवा लिएको बिष्टले बताएका छन् ।

भोली (२४ गते)बाट खाँदबारीमा मोतियाविन्दु शल्यक्रिया शिविर सञ्चालन हुने विष्टले जनाएका छन् ।

सम्बन्धित समाचार