कुवेतमा ड्रोन आक्रमण : तेह्रथुमका सोमकुमार तामाङको मृत्यु पुष्टि



काठमाडौं । कुवेतमा भएको ड्रोन आक्रमणमा परी तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको मृत्यु भएको पुष्टि भएको छ।

कुवेतस्थित नेपाली राजदूतावासले शुक्रबार एक विज्ञप्ति जारी गर्दै हिजो भएको ड्रोन आक्रमणमा गाडी चालकको रूपमा कार्यरत तामाङको ज्यान गएको पुष्टि गरेको हो।

राजदूतावासले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकको शव स्वदेश ल्याउन आवश्यक सम्पूर्ण प्रक्रिया सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरी अघि बढाइएको जनाएको छ।

यसैबीच, कुवेतमा रहेका सबै नेपाली नागरिकलाई कुवेत सरकारले जारी गरेका सुरक्षा मापदण्डको पूर्ण पालना गर्न, संयमित रहन तथा सुरक्षित स्थानमा बस्न नेपाली राजदूतावासले आग्रह गरेको छ।

सम्बन्धित समाचार