सुनसरी घटनाबारे छलफल गर्न मुख्यमन्त्री कार्कीद्वारा सर्वदलीय बैठक आह्वान



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीमा हालै भएको घटनाका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्।

प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रकुमार पौडेलका अनुसार बैठक आज दिउँसो १२ः३० बजे आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बस्नेछ।

बैठकमा सुरक्षा निकायका प्रतिनिधि, सुनसरी जिल्लाबाट निर्वाचित प्रदेशसभा सदस्य तथा विभिन्न राजनीतिक दलका नेताहरूको सहभागिता रहने जनाइएको छ।

प्रदेशमा शान्ति–सुरक्षा, सामाजिक सद्भाव तथा समसामयिक अवस्थाबारे छलफल गर्दै प्रदेश सरकारको उपस्थितिलाई नागरिकस्तरसम्म थप प्रभावकारी बनाउने विषयमा बैठक केन्द्रित रहने प्रमुख सचिव पौडेलले जानकारी दिएका छन्।

सम्बन्धित समाचार