आम निर्वाचनः संखुवासभाका पाँच कांग्रेस नेतालाई केन्द्रीय प्रचारप्रसार समितिको जिम्मेवारी



संखुवासभा । आसन्न मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचार प्रसार समिति” मा संखुवासभाबाट ५ जानाले स्थान पाएका छन ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा गठित “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन –२०७९, केन्द्रीय प्रचार प्रसार मुल समिति” मा कांग्रेस केन्द्रले ५ जनालाई स्थान दिएको हो ।

केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री तारामान गुरुङ, डिमोक्रेटिक लयर्श एसोशिएशन (डिएलए) अध्यक्ष योगेन्द्रबहादुर अधिकारी, महासमिति सदस्य तथा निवर्तमान जिल्ला सभापति दिपनकुमार श्रेष्ठ, महासमिति सदस्य थलकुमार लिंखा, प्रदेश महाधिवेशन प्रतिनिधि गोकुल खत्रीलाई मनोनयन गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

कांग्रेसले २ चरणमा गरेर ४२४ जान सदस्य प्रचार प्रसार समितिमा मनोनयन गरेको छ । प्रचार प्रसार समिति अन्तर्गत १३ वटा उपसमिति गठन हुने क्रममा छ्न् ।

संखुवासभामा प्रतिनिधीसभाका दिपक खड्का गठबन्धन अन्तर्गत उम्मेदवार बनेका छन् । प्रदेशसभा (क)मा गठबन्धनका तर्फबाट नेकपा माओबादी केन्द्र राजेन्द्र कार्की र प्रदेशसभा (ख) तर्फ नेकपा एकीकृत समाजवादीका सरिता खड्का उम्मेदवार बनेकी छिन् ।

सम्बन्धित समाचार