धनकुटामा बस दुर्घटना



धनकुटा । धनकुटा नगरपालिका–९ तीनघुम्तीमा बस दुर्घटना भएको छ । दमकबाट दिक्तेल जाँदै गरेको प्र १(०२(००१ ख ९५१९ नम्बरको बस आज बिहान करिब ८ः४५ बजे सडकमा पल्टिएको हो ।

दुर्घटनामा परी एक जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा मोरङको लेटाङ नगरपालिका(३ की ५५ वर्षीया मिना गुरुङ छन् । उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको छ ।

बसमा २७ जना यात्रु सवार थिए । बाँकी सबै सकुशल रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए । ‘हावा पाइप’ पड्किदा अनियन्त्रित भएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ

संगालोखबरबाट साभार

सम्बन्धित समाचार