सन् २००६ मा लन्च गरिएको सोसल नेटवर्किङ साइट ट्विटरको लोकप्रियता बिस्तारै घट्न थालेको छ । घट्दो लोकप्रियतासँगै ट्विटरमा जोडिने नयाँ प्रयोगकर्ताको संख्यामा पनि गिरावट आएको छ ।
सन् २०१४ को चौंथो त्रैमासिकदेखि २०१६ को चौंथो त्रैमासिकबीचको आँकडाले यही दर्शाउँछ । यस अवधिमा ट्विटरमा केवल तीन करोड १० लाख नयाँ प्रयोगकर्ता जोडिएका छन् ।
यस अवधिमा सबैभन्दा बढि नयाँ प्रयोगकर्ता ह्वाट्सएपसँग जोडिएका छन् । यसमा जोडिनेको संख्या ५० करोड रहेको छ । दोस्रो स्थानमा क्रमशः म्यासेन्जर ९५० करोड० र फेसबुक ९४६।७ करोड० रहेका छन् । सुचीमा सबैभन्दा तल छैठौं स्थानमा ट्विटर रहेको छ । यो आँकडा यी कम्पनीहरुद्वारा जारी रिपोर्टको विश्लेषणबाट प्राप्त भएको हो ।
यसबीचमा ट्विटरले एउटा नयाँ फिचर पनि लन्च गरेको थियो । यसमा ट्विटरले ती व्यक्तिहरुलाई खोज्नेछ, जसलाई स्थाइयीरुपमा निलम्बन गरिसकिएको हुन्छ र उनीहरुलाई नयाँ एकाउन्ट बनाउन रोकिनेछ ।
ट्विटरले यो कदम खासरी ती एकाउन्टहरुलाई लक्ष्यित गरेर चालेको हो, जो अन्य प्रयोगकर्ताहरुलाई दिक्क लगाउनका लागि मात्र खोलिएका हुन्छन् । ट्विटरको नयाँ सेफ सर्च फिचरले संवेदनशील विषयवस्तुहरुलाई हटाइदिन्छ । यसले ब्लक वा म्यूट गरिएका अकाउन्टहरुका ट्विटलाई पनि सर्च रिजल्टबाट हटाइदिन्छ । यसको मतलव ती ट्विटहरु सोसल नेटवर्किङ साइटहरुमा त उपलब्ध हुन्छन्, तर सर्च रिजल्टमा देखिदैनन् । कम्पनीका अनुसार यसले लो(क्वालिटी रिप्लाई खोज्ने र त्यसलाई हटाउने काम गरिरहेको छ । ट्विटरमा यो परिवर्तन आउने दुई हप्ताभित्र देखिनेछ ।
प्रतिक्रिया