शिलिचोङमा नमस्तेको फोरजी सेवा


२४ मंसिर २०७८, शुक्रबार


सङ्खुवासभा । सञ्चार सुविधाका कारण नागरिकहरूले राज्यको तर्फबाट पाउने सेवा प्रवाह मात्रै हैन अन्य दैनिकीमा पनि सुधार हुने गर्दछ । सिलिचोङ गाउँपालिका वडा नं। २ बालाको डाँडागाउँमा राख्न सुरु गरिएको जिएसएम टावर १ वर्षपछि सुचारु भएको छ । एक वर्ष अघिबाट फोरजी इन्टरनेट सहितको जिएसएम टावर सञ्चालन गर्ने सिलिचोङको सपना यति बेला पुरा भएको छ ।

सिलिचोङ गाउँपालिका वडा नं. १, २ र ३ का नागरिकहरू प्रत्यक्ष लाभान्वित हुने टावर सञ्चालनको लागि गाउँपालिकाले हर प्रयास गरेपछि विभिन्न समस्याका बाबजुद सेवा सुरु हुनु महत्त्वपूर्ण उपलब्धि रहेको सिलिचोङ गाउँपालिका वडा नं। २ का वडाध्यक्ष मोहन सम्सेर कुलुङ बताउँछन् ।

निर्वाचनताका जनप्रतिनिधिका उम्मेरद्वारहरुले घोषणा पत्रमा नै उल्लेख गरेका यो कार्य निरन्तर प्रयास सम्पन्न भएको वडाध्यक्ष कुलुङको भनाई छ । नागरिकहरूलाई सञ्चार सुविधाबाट नजिक बनाउन हरदम प्रयासपछि यो सम्पन्न भयो । पटक पटक ठेकेदार कम्पनी र सेवा प्रदायक संस्था दूर सञ्चार प्राधिकरण बेखबर हुने समस्याबाट आजित बनेका पहलकर्ताहरू पछिल्लो समय स्थानीय तह नै लागेपछि बल्ल भएको बताउने गरेका छन् ।

सेवा सञ्चालनको लागि गाउँपालिकाबाट ढुवानी, सडक, बिजुली लगायतका व्यवस्थाहरू गत आर्थिक वर्षमा नै सकिएपनि टावर कनेक्सनको काम भने अधुरै रहेको थियो । कोरोना महामारीको कारण देखाउँदै ठेकेदार कम्पनी पन्छिने गरेको सिलिचोङका वडाध्यक्ष कुलुङको भनाई छ । सिसिएस आई नामक चाइनीज कम्पनीले ठेक्का लिएको यो कार्य निरन्तरको १ वर्षको पहलपछि सुचारु गर्न सफल भएको उनीहरू बताउँदै आएका छन् ।

टावरको बाहिरी आवरण ठडिएपछि पनि ठेकेदार र सेवा प्रदायक संस्था सम्पर्क बाहिर रहेको भए पनि पटक पटकको पहलबाट यो सेवा सञ्चालन सुरु भएको हो । चिचिला गाउँपालिका २ को लहरीखर्क र सिलिचोङ २ को डाँडागाउँस्थित टावर बिचको कनेक्सन हुन नसक्दा धेरै समस्या खेप्नु परेको अनुभव छ । फोरजी इन्टरनेट सेवा सुरु भएको भए पनि भोईस कल सेवाको लागि थप पहल गर्नुपर्ने वडाध्यक्ष मोहन सम्सेर कुलुङको भनाई छ । वहाँले नेपाल टेलिकमसँग समन्वय गरेर चाँडै यसको समाधान गरिने बताए ।

सूचना र प्रविधिको युग भएकोले पनि द्रुतगतिको इन्टरनेट सेवा महत्त्वपूर्ण छ । फोन नै नटिप्ने गाउँमा फोरजीसहितको सेवा सञ्चालन हुँदा स्थानीय खुसी छन् । अहोरात्र जनप्रतिनिधि र प्राविधिकहरू खटेर स्थानीय नागरिकहरूलाई सञ्चार सुविधा भएकोमा स्थानीय खुसी छन् ।

सम्बन्धित समाचार