हिम्भा नेपालद्धारा खाँदबारीको हिमाविलाई ल्यापटप सहयोग



सङ्खुवासभको हिमालय माध्यामिक विद्यालय खाँदबारीलाई ५ लाख बराबरको १० थान ल्यापटप कम्प्यूटर सहयोग प्राप्त भएको छ । विद्यालयलाई हिम्भा नेपाल नामक संस्थाले आज एक कार्यक्रम्का विच ल्यापटप हस्तान्तरण गरेको हो ।

ल्यापटप, हिम्भा नेपाल अमेरिका शाखाका संयोजक एवम् लायन्स क्लब अमेरिकाका संयोजक एवम् पूर्व विद्यार्थी लिला श्रेष्ठले एक कार्यक्रम्का बीच हस्तान्तरण गर्नु भयो । ल्यापटप आइसीटी भरचुअल कक्षा तथा डिजिटल पुस्तकालय सञ्चालन गर्ने उद्देश्यका साथ प्रदान गरिएको श्रेष्ठले बताउनु भयो ।
हिम्भा नेपाल हिमालय माध्यामिक विद्यालयमा अध्ययन गरेका भूतपूर्व विद्यार्थीहरुको साझा संगठन हो । हिमालय माध्यामिक विद्यालय खाँदबारीबाट एसएलसी वा एसइइ उत्तीर्ण गरेका सबै विद्यार्थीहरु हिम्भा नेपालका सदस्य स्वतः हुने प्रावधान रहेको छ । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्नु हँदै संस्थाका अध्यक्ष श्रेष्ठले आजको सहयोग शुरुवात मात्र भएको वताउदै भविष्यमा अत्याधुनिक डिजिटल पूस्तकालय स्थापना गर्ने आफूहरुको योजना रहेको बताउनु भयो ।

उहाँले विद्यालयमा लियो क्लब गठन गरेर अमेरिकाबाट प्रशिक्षण दिएर ज्ञान आदान प्रदान गरिने योजना रहेको बताउनु भयो । सहयोग ल्यापटप ग्रहण गर्नुहुदै विद्यालयका प्रधानाध्यापक वीरबहादुर राईले धन्यवाद व्यक्त गर्नु भयो । उहाँले कक्षा कोठालाई विश्वसंग जोड्दै २१ औं शताब्दीमा लक्षित गरिएको गुणस्तरीय शिक्षा हासिल गर्न संस्थाका सहयोगी सदस्यहरु प्रति आभार प्रकट गर्नुभयो । उहाँले ल्यापटप विद्यालयका शिक्षकहरुलाई वितरण गरिने बताउदै यसले विद्यालयको कक्षा कोठाहरुमा रहेको स्र्माट टिभिको उचित प्रयोग हुने र शिक्षण सिकाई क्रियाकलापमा सहजता ल्याउने बताउनु भयो ।

कार्यक्रममा पूर्व जिल्ला शिक्षा अधिकारी तथा हिमालय माविका विद्यार्थी तथा शिक्षक दीर्घध्वज चापागाई, हिम्भा नेपाल सङ्खुवासभाका अध्यक्ष, हिम्भा नेपाल काठमाण्डौका अध्यक्ष तथा पत्रकार दिपेन्द्र वान्तावा, हिमालय माविका शिक्षक तथा विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार