मानेभञ्ज्याङमा नाटक मञ्चन




खाँदबारी, असोज २६ गते । खाँदबारी ३ मानेभञ्ज्याङमा क्रान्ती नायक दुर्गादेवी नामक नाटक मञ्चन भएको छ । मकालु नाट्य समुहका कलाकारहरु द्वारा नाटक प्रस्तुत गरिएको हो ।

सहित्यकार ताराबहादुर बुढाथोकीले लेखन गरेको नाटकमा नाटकमा तालिम प्राप्त १४ जना कलाकारहरुको सहभागिता रहेको थियो । दुर्गा देवि घिमिरेको जीवनको क्रान्तिकारी झलकहरु नाटकमा समावेस गरिएका थिए । दुर्गा घिमिरे १९७७ साल असार १५ मा भोजपुरमा जन्मिएर संखुवासभाको मरुवामा बिवाह भई पतिको मृत्यू भएपछि समाज सुधारका अनेकन क्रान्तीहरु गरेका थिए । त्यस्तै, अक्करको बाटो निर्माण, तुम्लिङटारको विमानस्थल निर्माण र मनकामनाको मन्दिर निर्माण गर्न ८४ रोपनी जग्गा दुर्गादेवीले दान गरेका थिए । मकालु साहित्य समाजको नाट्य विधा हेर्ने काम मकालु नाट्य समुहले गर्छ । नाट्य समुहले यस अघि अस्मीताको रक्षा नामको नाटक पनि विभिन्न चार स्थानमा प्रस्तुत गरेका थिए ।

आज आयोजित कार्यक्रम मकालु नाट्य समाजका अध्यक्ष शिवराज विष्टको अध्यक्षतामा र ताराबहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । बृद्धबृद्धादेखि किशोर किशोरीसम्म दुई सय भन्दा बढी दर्शकहरुले नाटकको दृश्यवलोकन गरेका थिए । उक्त कार्यक्रममा खुल्ला नृत्य प्रतियोगिता पनि सम्पन्न भएको थियो । १५ जना सहभागीले प्रतिष्पर्धा गरेको उक्त प्रतियोगितामा जिना घिमिरे प्रथम, दिपा बोगटी दितिय र किरण घिमिरे तृतिय भएका थिए । कार्यक्रमका विजेताहरुलाई नगद र प्रमाण पत्र प्रदान गरिएको थियो ।

सम्बन्धित समाचार