आजदेखि धुमधामका साथ मनाईदै चाक्चाकुर पर्व



खाँदबारी । आदिवासी कुलुङ समुदायकाे प्रमुख पर्व चाक्चाकुर पर्व आजबाट मनाउन सुरु गरिएकाे छ । कुलुङ समुदायकाे बाहुल्य क्षेत्रमा पाैष १५ देखि १७ सम्म तीन दिन याे पर्व मनाउने गरिन्छ ।

कुलुङ समुदायकाे बसाेबास रहेकाे जिल्लाहरु साेलुखुम्बु, संखुवासभा, भाेजपुर, धनकुटा, सुनसरी, झापा, ईलाम, पाँचथर, तेह्रथुम, ताप्लेजुङ, काठमाण्डाै, कास्की लगायतका जिल्लाहरुमा चाक्चाकुर पर्व मनाउन सुरु गरिएकाे हाे । यस बाहेक भारत, अमेरिका, युके, हङ्गकङ्ग, दक्षिण काेरिया लगायतका देशहरुमा समेत कुलुङ समुदायले याे पर्व मनाउने गरेका छन् ।

उद्याैलीकाे समयमा आफ्ना पितृ र प्रकृतिलाई पुज्दै याे पर्व मनाउने गरिएकाे छ । याे पर्वकाे अवसरमा चुला खन्याउने, नयाँ अन्न बाली पितृलाई चढाएर आशिर्वाद माग्ने र खुसियालीमा कुलुङ साँस्कृतिक नाँचहरु नाच्ने गरिन्छ । यस पर्वकाे अवसरमा ठुलाबढाकाे हातबाट टिका समेत लगाउने चलन छ ।

चाक्चाकुर पर्वकाे अवसरमा सामुहिक खानपान कार्यक्रमहरुकाे पनि आयाेजना गरिन्छ । यहिँ अवसरमा कुलुङ बाहुल्य क्षेत्रका कुलुङ समुदाय सम्बद्ध संघ संस्था, क्लव, समुहहरुले विभिन्न खेलकुद तथा साँस्कृतिक कार्यक्रमकाे समेत आयाेजना  गर्ने गरेका छन् ।

यस पर्वकाे अवसरमा कुलुङ समुदायकाे बाहुल्य क्षेत्रका स्थानीय तहहरुले स्थानीय बिदा समेत दिँदै आएकाे छ । साेलुखुम्बुकाे महाकुलुङ गाउँपालिकाले १५ देखि १७ सम्म ३ दिन स्थानीय बिदा दिने गरेकाे छ भने संखुवासभाकाे सिलिचाेङ गाउँपालिकामा १५ र १६ गते दुई दिनसम्म स्थानीय विदा दिँदै आएकाे छ । यस पर्वलाई कुलुङ समुदायले राष्ट्रिय पर्वकाे रुपमा मान्यता दिन समेत सरकारसँग माग राख्दै आएकाे छन् ।

सम्बन्धित समाचार