होटलबाट सम्धी–सम्धिनी पक्राउ



विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिका क्षेत्रका आधा दर्जन होटलबाट छापा मारेर पक्राउ गरेको २७ जोडी र दुईजना होटल सञ्चालकलाई सेचत गराएर छोडेको छ । प्रहरीले नियन्त्रणमा लिएकामध्ये केही जोडी नातामा आफन्त पर्ने पनि रहेको पाएपछि अनुसन्धान गर्दै जाँदा प्रहरी पनि चकित भयो । प्रहरीले अनुसन्धानका क्रममा एक जोडी नातामा सम्धी–सम्धिनी रहेको फेला पारेको थियो । प्रहरी स्रोतका अनुसार उनीहरू नोबेल अस्पताल अगाडिको होटल एण्ड लजबाट पक्राउ परेका थिए । उनीहरूसहित २६ जनालाई सचेत गराए शनिबार छोडिएको थियो ।

सम्बन्धित समाचार